तनहुँ तरङ्ग सम्वाददाताटिप्परले च्यापिई गम्भिर घाईते भएकी बसुन्धरा बि.कको मृत्यु भएको छ । बैशाक २१ गते दिउसो ४ः३० बजेको समयमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं. १ ईलिडाँडामा चलाएको ग १ ख ५८७५ नं. को टिप्परले निर्माण सामाग्री (गिट्टी) खनाउने क्रममा बसुन्धरा बि.क.को घरको रेलिङमा ठक्कर दिई रेलिङ थाचिन पुगेको थियो । रेलीङ्ग भाचिदा सोहि ठाउमा रहेकी ५६ बर्षकी बसुन्धरा बि.क.लाई च्यापियर गम्भिर घाईते भएकाी थिइन । उनलाइ तेसलगतै उपाचरको लागी दमौली रत्नहरी अस्पताल ल्याइएको थियो । त्याहाबाट उनलाइ थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा उराइएको थियो । उनको उपचारको क्रममा मिति बैशाक २२ गते बिहान ०७ः०० बजेको समयमा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक तनहुँ जिल्ला म्याग्दे गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं. १ चारकुने बस्ने बस्दै आएका छन । ४८ बर्षे चेत कुमार खवासलाई प्रहरीले पक्राउ गरी सवारी ज्यान मुद्दामा बिहिबार सम्मानित तनहुँ जिल्ला अदालत लगी अनुसन्धानकोलागी पाँच दिन म्याद थपगरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।