तनहु तरङ्ग संम्वादाता

व्यास नगरपालिका वडा नं २ को वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ राकुलाई ब्यासभुमि यातायात समितिको गाडीले घेरेको बताइएको छ । मुडा बोकेर चुनावी अभियानका लागि घरदैलो कार्यक्रममा तीब्र रुपमा अगडि बढेका श्रेष्ठलाई करिब २० वटा भन्दा म्याजिकले घेरेर लगेकोे हो । ब्यास भुमि यातायात समितिका अध्याक्ष भएको हुनाले सोहि समितिद्धारा संचालन हुने म्याजिकहरुले चुनाबी प्रचारप्रसारमा सगाउनको लागि म्याजिकहरु एकभएर प्रचारको लागि घेराबन्धी गरी व्यास नपा वडा नं २ परिक्रमा गरेका थिए । म्याजि चालकहरुले आफ्नै समितिको अध्याक्ष उम्मेदवार हुदा साथ सर्मथकोलागि सगाउन आएको बताएका छन् ।

दमौली बजार इकाई समितिका पूर्व सभापति समेत रहेका राक श्रेष्ठले स्वतन्त्र उम्मेदवार दिएर जीत सुनिश्चित रहेको बताएका छन् । उनको चुनवी चिन्ह मुडा रहेकोले सबैले मुडामा भोट हाल्न अग्रह गरेका छन् । कुनै पनि स्र्वथ र भस्टचार नगर्ने भएकोले आफु स्वतन्त्र उम्मेद्वारमा उठेको उनले बताए । उनी समजिक कार्यमा निकै सहयोगी भवनाका व्यतिm रहेको स्थानियहरुको भनाइ छ । जुन पार्टीलाई भोट दिए पनी विकाश र परिबर्तन नगरी आफ्नै पार्टीलाई मोटाउने काम मात्र गरेको भन्दै स्थानिएहरुले अब स्वातन्त्रलाई भोट दिएर जिताउने बताएका छन् ।