मनिता पन्थ

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी व्यास न.पा.को उपप्रमुख पदको उम्मेदवार मनुमाया श्रेष्ठ घरदैलो अभियानमा व्यस्त रहेकी छन् । घरदैलो अभियानलाई निरन्तरता दिदै व्यासको १४ वटै वडामा भोट माग्ने क्रम जारी राहेको बताएकी छन् । आफ्नो पञ्चवर्षे योजना जनता सामु प्रेसीत गर्दे गाउँ गाउँमा भोट माग्ने कार्यलाई निरन्तरता दिएको नगर उपप्रमुख उमेदवार श्रेष्ठले बताईन । उनले आफूले विगतका दिनमा गरेको राजनितीक , पृष्ठभुमी , आन्दोलन र विगतका योगदानले गर्छ जित्ने पुर्ण विस्वार रहेको वताएकी छन् । उनले नगरवासी दाजुभाई तथा दिदीवहीनीहरुलाई भोट हाली विजयी गराउन अनुरोध समेत गरेकी छन् ।

यही वैशक १८ देखि २१ गतेसम्म घरदैलो कार्यक्रमलाई निरन्तर दिइदै आफ्नो प्रतिबद्धता जनतासामु पुराउको वताइन् । बिहिवार वडा नं. ७ र ८ मा घरदैलो कार्यक्रम सम्पन्न गरी आज वडा नं. ९ गजौडेमा घरदैलो गर्नजाने कार्यक्रम रहेको वताईएकी छन । २४ गते वडा नं. १० देउराली, २५ गते वडा नं. ११ पुरन्डिही , २६ गते वडा नं. १३ पोखरीभञ्ज्याङ र २७ गते वडा नं. १४ केशवटार जाने कार्यक्रम रहेको प्रचारप्रसार समितीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) को व्यास नगर पालिकाको उपप्रमुख पदको उम्मेदवार मनुमाया श्रेष्ठको प्रतिवद्धता ।
१. साधा जीवन विताउनेछु , लाउने खाने वस्ने कुरामा कहिल्यै वडप्पन देखाउने छैन ।
२ जनताको काममा सदा तत्पर रहनेछु , कहिल्यै अल्छि गर्ने छैन । अनावश्यक काममा समय विताउने छैन ।
३ भेदभाव पक्षपात आफनो अर्काको भनेर व्यवहार गर्ने छैन । सवैमा समाज व्यवहार गर्नेछु
४ पालिकाको एक पैसा पनि भ्रष्टाचार गर्ने छैन ।
५. आफनो सम्पति विवरण निर्वाचित भएको एकहप्ता भित्र सार्वजनिक गर्नेछु
६. पालिकाको कुनै पनि साधनस्रोतहरु व्यक्तिगत कामको लागि प्रयोग गर्ने छैन ।
७. निजि कामको लागि सरकारी सम्पति दुरुप्रयोग गरिने छैन ।
८. भ्रष्टाचारविहिन स्थानीय सरकार भ्रष्टाचारमुक्त नेपाली समाज बनाउनेछु ।
९. आर्थिक आचरण शुद्ध राख्नेछु
१०.भ्रष्टाचार ,घुसखोरी , कमिसन , अनियमितता , सरकारी काममा ढिलासुस्ती , आदि कडाइका साथ नियन्त्रण गर्नेछु ।
११. भ्रष्टाचार र विभिन्न घोटला काण्डहरुको तत्काल छानविन गरि कडा भन्दा कडा कार्वाहि गर्नेछु ।
१२.भ्रष्टाचार उन्मुक्त नहुने कानुनहरु बनाउनेछु ।
१३.प्रशासनिक र साधारण खर्च घटाउनेछु पुजिगत खर्च बढाउनेछु र फजुल खर्च नियन्त्रण गर्छु ।
१४. अनावश्यक करको वोझ हटाउनेछु ।
१५ कार्यपालिकाको आयमा वृद्धि गर्नेछु ।
१६. सार्वजनिक सम्पतिहरुको खोजि गरि पालिका मातहत ल्याउनेछु ।
१७. पालिकाको छवि माथि उठाउन सधै प्रयत्नशील रहनेछु ।
महान जनआन्दोलनका उपलव्धिहरु लोकतन्त्र संघियता गणतन्त्र समावेसी समानुपातिकता प्रति प्रतिवद्धता रहदै म नगरपालिकामा निम्न कामहरु गर्नेछु ।
विभिन्न वर्ग, जाति , धर्म क्षेत्र , अल्पस्ंख्यकको लोपोउन्मुख सवैप्रति न्यानो हार्दिक सम्वन्ध राख्नेछु ।
व्यास नगर भित्र सवै संघ संस्थाहरुको सहयोग र समन्वय गरी पालिकाको विकास गर्नेछु ।
आफनो धर्म संस्कृति परम्परा झल्कने गरी संग्राहालयको निर्माण गर्नेछु ।
१०८ फिट अग्लो महिर्षि वेदव्यासको मुर्ति निर्माण कार्य सम्पन्न गर्न पहल गर्नेछु ।
विभिन्न धर्म वलाम्विहरुको मृत्यु पछिको संस्कार गर्ने व्यवस्था मिलाउनेछु
भ्रष्टचारमुक्त नगर घोषणा गरिनेछ ।
सवैको श्रम सिप जुटाई नगरको विकास गर्नेछु ।
नगर वाट विस्थापित हुने र पुजि पलायन हुने प्रचलन रोक्न लाग्नेछु ।
अधुरा आयोजना प्राथमिकताका साथ पुरा गर्नेछु ।
स्यानेटरी ल्यान्ड फिल्ड साइटको अविलम्व व्यवस्था गरी फोहरलाई मोहरमा परिणत गरिनेछ ।
रोग लागि उपचारकै कारण गरीव हुन दिइने छैन ।
गम्भिर प्रकृतिको रोेगमा विशेष सहयोग गर्नेछु । असहायहरुको अभिभावक नगरपालिका वनाउनेछु ।
जमिन वांझो हुन दिइने छैन , कृषिमा आत्मनिर्भर वनाउनेछु ।
गरीवीको स्तरमापन गरी परिचय पत्र दिइनुका साथै विशेष सुविधा दिइनेछ ।
महिलाहरु माथि हुने घरेलु हिंसालाई अन्त्य गरिनेछ ।
सहकारी तथा सामुहिक खेतिको प्रचलन शुरु गर्नेछु ।
विभिन्न तालिमहरुको व्यवस्था गरी दक्ष जनशक्तिको विकास गर्नेछु ।
विभिन्न धर्म जातिका वस्तीहरुमा भोतिक विकास गरी पर्यटनको केन्द्र बनाउनेछु ।
सवै प्रकारको शिक्षा प्रदान हुने गरी व्यास नगरलाई शिक्षाको हव वनाउनेछु ।
सार्वजनिक विद्यालयहरुमा भौतिक विकास तथा विद्यालय व्यवस्थापन समितिलाई थप अधिकार दिइनेछ ।
आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी क्याम्पस बनाइनेछ र क्यु ए ए फिर्ता ल्याइनेछ ।
वद्ध वृद्धाहरुले पाउदै आएको सेवा सुविधालाई थप गरिनेछ ।
विभिन्न ठाउंहरुमा चिन्ड्रेनपार्क , मनोरंजन पार्कहरु निर्माण गरिनेछ ।
सार्वजनिक ठांउहरुमा निशुल्क स्वच्छ सफा खानेपानीको व्यवस्था गरिनेछ ।
एक घर एक धारा पुर्ण सरसफाइ हाम्रो अभिभारा नीतिलाई लागु गरिनेछ ।
असाहायहरुलाई कानुनी सेवा उपलव्ध गराइनेछ । न्याय मर्न दिइने छैन ।
सम्वेदनसील क्षेत्रहरुमा सी सी क्यामरा जडान गरिनेछ ।
दमौली अस्पताललाई स्तरोन्नति गरि सवै प्रकारको उपचारको व्यवस्था मिलाईनेछ ।
सवै नगरवासीको स्वास्थ विमा गरिनेछ ।
सामाजिक विभेद अन्त्य गरिनेछ ।
दलित र गैर दलित वीचको वैवाहिक सम्वन्धलाई सम्मानित बनाइनेछ ।
सवै ठांउमा अपांग मैत्रि संरचना निर्माण गरिनेछ ।
नदि खोलाहरु नियन्त्रण गरी माटोको संरक्षण गर्दै पर्यटकिय केन्द्र बनाइनेछ ।
आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनेछ ।
एकदेव आले पुस्तकालयलाई स्तरोन्नति गरिनेछ ।
समाजवादको आधर तीन खम्वे अर्थनीतिलाई अगाडि वढाइनेछ ।
व्यास नगरमा योजनावद्ध विकास गरिनेछ ।
हामी सवैको छहारीकोे केन्द्र व्यास नगर बनाइनेछ ।