तनहुँको व्यास नगरपालिकाले सेवागाहीलाई सहज गराउन ‘व्यास डट घरनक्शा नेपाल डटकम’ अनलाईन पोर्टल सञ्चालनमा ल्याएको छ । सेवागाहीलाई घरबाटै आफनो घरनक्सा सम्बन्धीको विवरण जानकारी गराउने उद्देश्यले अनलाईन पोर्टल सञ्चालनमा ल्याएको नगरपालिकाको भवन नियमन तथा घरनक्सा पास शाखाका ईन्जिनियर प्रविण कैनीले जानकारी दिए ।उनले भने,“घर निर्माण गर्दा नगरपालिकाबाट प्रदान गरिने घरनक्सा सम्बन्धी कामकारबाही के कती भएको छ भने घरबाटै थाहा हुनेछ । यो सँगै उक्त कामको लागि सेवागाहीलाई नगरपालिका धाईरहनु पदैन । ”उनका अनुसार नगरपालिकामा घरनक्सा दर्ता गरिसकेपछि आफनो फाईल कोड पाउन सकिन्छ । उक्त फाईलकोड वेवसाईटमा गएर लगइन गरेपछि आफनो फाईलको प्रक्रियागत जानकारी थाहा पाउन सकिन्छ ।ईन्जिनियर कैनीले भने,“आफनो घरनक्साको फाईलको प्रक्रिया थाहा पाउनुको साथै आफनो कागजात हेर्न तथा डाउनलोड गर्न सकिन्छ । ”निकट भविष्यमा कागजगात रहित डिजिटल सेवा प्रदान गर्नको उद्देश्यले अनलाईन सेवा सुरु गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने,“नगरपालिकालाई पूर्णरुपमा डिजिटिल बनाउन नगरपालिकाले नितिगत रुपमै अगाडी बढेको छ । ”