सुरेश सुनार तनहुँ
वैशाख १६ शुक्रवार
आगामी वैशाख ३० गते हुनगइरहेको स्थानीय तह निर्वाचनका लागि तनहुँमा १ हजार ७ सय ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तनहुँको दश स्थानीय तहमा स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । दर्ता गराएका ठुला पार्टी मध्य पालीका तथा वडातहकोे प्रमुखमा दलित तथा महिलालाई टिकट दिइएको छैन् । नेपाली कांग्रेसमा क्षेत्रिय सभापति देखि मन्त्रीसम्म दलीत नेता हुदा पनी स्थानिय चुनाबमा दलित नेताहरुलाई भने हातमा लायो शुन्य भए जस्तै बनाइएको छ । तनहुँ क्षेत्र नं १ को सभापति श्याम मौराती, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकमा भएको ठाउँमा समेत दलित उमेदवार नहुदा अचम्मको विषय बनेको छ । व्यास नगरलाई हेर्दा लामो समय देखी राजनितिमा लागेका , विभिन्न संघ–संस्थामा काम गरेको अनुभबि र दृर्गदिृष्टि भएका दलित नेता व्यास नगरपालिका वडा नं. १ मा केशबहादुर सुनार , व्यास ११ मा कृष्ण रुचालले १३ मा रेशम विक वडा अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरेपनी उनीहरुलाई टिकट दिइएन् । जातिए हिसावले हेर्दा आफ्नै नेता टिकट दिने पदमा हुँदा पनि उनीहरुले टिकट नपादा सबैको लागि आर्चार्यको बिषय बनेको छ । दलितमा मात्र नभई महिला र अन्य अधिकांसलाई भ्रममा राखी अन्तिम समयमा अरु नै ब्याक्तिलाई टिकट दिएको भन्दै अधिकंस नेताले चित्तदुखाइ गरेका छन् ।
४ सय ८० जना उम्मेदवार मध्य २० जनामात्र दलित
८५ वाटा वाडा र १० पालीका भएको जिल्लामा प्रमुख पदमा उमेदवारी अत्याधिक न्युन रहेको देखिएको छ । घिरिङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट वडा नं. २ वडा अध्यक्ष मधु नेपाली,सोहि पार्टीबाट वडा नं. ५ को अध्याक्ष्यमा राम बहादुर वि.क, भिमाद नगरपालिका वाडा नं ६ वाट खोम बहादुर वि क , वडा नं ७ वाट अध्यक्ष कृष्ण बहादुर वि.क, शुक्लागण्डकी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी वाट वडा अध्यक्षमा गृ बहादुर परियार, भानु नगरपालिकामा जनता समाजवादी पार्टी नेपालबाट वडा अध्यक्षमा लोक बहादुर नेपाली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट १ नं. वडा अध्यक्ष टेक बहादुर कामी , सोहि पाटिबाट ५ नं. वडा अध्यक्षमा विशाल वि.क, विवेकशील साझा पार्टी ७ नं. वडा बाट विश्व राज अच्छामी, ऋषिङ गाउँपालिका वडा नं ४ अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट बसन्त बि.क, वडा अध्यक्षमा वडा नं.१३ बाट आइत वहादुर दमै , व्यास नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट वडा नं.२ अध्यक्षका लागी चन्द्र लाल विश्वकमा, सोहि पार्टीबाट वडा नं.५मा अध्यक्षका लागी ईश्वर बस्याल, वडा नं.६ मा अध्यक्षको लागी रामजी दमाइ, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट वडा नं.७ अध्यक्षमा अमृत परियार, सोहि पाटीवाट वडा नं.११ अध्यक्षमा विद्या बहादुर बोहोरा, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) वडा नं.११ अध्यक्षमा रन सिंह नेपाली साकी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वडा अध्यक्ष वडा नं.८ का लागि विजय दवाडी र व्यास नगरपालिका प्रमुखमा स्वतन्त्रबाट धन वहादुर परियार ले नाम दार्ता गराएका छन् ।
१० वटा पालीका र ८५ वटा वडामा पालीका तथा वाडा प्रखुखको ४ सय ८० जना उम्मेदवार मध्य २० जना मात्र दलित उम्मेदवार रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा पालीका प्रमुखको लागि ७२ ना , उप प्रमुखको लागी ५६ जना वडा अध्याक्षको लागि ४ सय ८ जना, खुल्ला वडा सदस्यको लागि ६ सय ३८ जना महिला वडा सदस्यमो लागि २ सय ९८ जना र दलित महिला सदस्य २ सय ७९ जना गरी जम्मा १ हजार ७ सय ५१ जना कुल उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।