तनहु तरङ्ग सम्वादाता
राष्ट्रिय समाचार समिति तनहुँ प्रतिनिधी,जनचाहना न्युजका प्रकाशक एवं कार्यकारी सम्पादक सानेबहादुर नेपालीलाई बुधबार दमौलीमा एक कार्यक्रमका बीच सम्मानित गरिएको छ । मृर्गौला पीडित सरोकार समाज नेपालका केन्द्रिय अध्यक्ष बलराम सुवेदी र परोपकार सेवा समाज तनहुँका सल्लाहकार डा.लक्ष्मीकान्त चापागाईले संयुक्त रुपमा संञ्चारकर्मी नेपालीलाई सम्मानित गरेका हुन् । उक्त दुवै संस्थाको संयुक्त आयोजनामा आयोजित सम्मान तथा जनचेतना कार्यक्रमको अवसरमा संञ्चारकर्मी नेपालीलाई सम्मानपत्र र खादा लगाएर सम्मान गरेको हो । विसं ०६० साल देखि विभिन्न संञ्चारमाध्यममा कार्यरत हुदै आएका संञ्चारकर्मी नेपालीलाई समाचारका माध्यमबाट स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको मुल्याङ्कन गदै सम्मानित गरिएको हो । संञ्चारकर्मी नेपालीले खोजी पत्रकारिताका माध्यमबाट स्वास्थ्य र समाजका अन्य क्षेत्रमा सशक्त रुपमा कलाम चलाएर समाजलाई सुसोचित गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरेको हो ।
राससकर्मी नेपालीले कोरोनाको समयमा नेपाल सरकारले आव्हान गरेको लकडाउनमा खाद्यान्न अभाव भएका र डायलासिसको लागि पोखरा जानुपर्ने अवस्थाका मृगौला पीडितहरुलाई समाचारका माध्यमबाट खाद्यान्न सहयोग र यातायात साधान निशुल्क जुटाउन सक्रिय भूमिका निर्वाह गरेका थिए । राष्ट्रिय दलित पत्रकार संघ तनहुँका अध्यक्ष समेत रहेका संञ्चारकर्मी नेपालीले क्यान्सर पीडित,मृर्गौला पीडित,सहारा बिहीन,आर्थिक अभावका कारण उपचारमा कठिनाई भोग्दै आएका लगायतका समाचारलाई प्राथामिकता दिदै कलम चलाउँदै आएका छन् । आगामी दिनमा अझै सफलताका पाइला अघि बढिरहून र कलमका माध्यमबाट समाजलाई सुसोचित गर्ने कार्यमा थप प्रेरणा मिलोस भनि प्रोत्साहन स्वरुप सम्मान गरिएको परोपकार सेवा समाज तनहुँका अध्यक्ष डम्बर बहादुर बरालीले जानकारी दिए । संञ्चारकर्मी नेपाली यस अघि पनि विभिन्न संघसंस्थाबाट सम्मानित र पुरस्कृत हुदै आएको बताइएको छ । सो अवसरमा तीस जनालाई सम्मानित र मिर्गौला पीडितहरुको क्षेत्रमा सक्रिय भएर काम गर्दै आएका करिब २०० जनालाई कदरपत्र प्रदान गरिएको थियो ।