तनहु तरङ्ग संम्वादाता
लाभो समय देखि धुलो र हिलो भएको कोत्रे–दुलेगौंडा सडक खण्ड मर्मत हुने भएको छ । जिल्ला प्रशाशन कार्यालय तनहूँले पृथ्वी राजमार्गको तनहूँ गाछेपानी–कोत्रे खण्ड तत्काल मर्मत गरी धुलो नउड्ने बनाउन सडक योजना कार्यालयलाई पत्राचार गरेको छ । जिल्ला प्रशाशनले मंगलबार मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डको कार्यालय पोखरालाई पत्राचार गर्दै पिच बिग्रिएर धुलो उड्ने ठाउँमा नियमित पानी छर्न अनुरोध गरेको हो । यस्तै, खाल्डाखुल्डी परेका सडक तत्काल मर्मत गर्न, भतिकएको सडकमा ग्रेडर रोलिङ गर्न र सडक सुधारको काम थालनी गर्दा कोत्रे–गाछेपानी खण्डबाट शुरु गर्ने व्यवस्था मिलाउन समेत पत्रमा अनुरोध गरिएको छ । भत्किएको पृथ्वीराजमार्गमा उड्ने धुलो, हिलो र खाल्डाखुल्डीले सास्ती दिएको भन्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसंग समस्या बारे छलफल राखेका थिए । प्रमुख जिल्ला अधिकारीले समस्या समाधान हुने वचन दिएकाले तत्काल आन्दोलन स्थगित गरिएको धुँवा धुलो प्रदूषण रोकको संघर्ष समितिका सदस्य एवं स्थानीय शंकर पन्तले जानकारी दिए ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएको कारणले व्यवसायी नै बन्द गर्नुपर्ने अवस्था आएको र पसलमा बिक्री गर्न राखिएका सामान हेरिसक्नु नभएको र ‘कम्ती धुलो नउड्ने व्यवस्था मिलाईदिन भनि पटक पटक संम्बन्धित निकायमा ध्यानाकर्षण गर्दा पनि सुनुवाई हुन सकेको थिएन्,अब पुरा हुने बिश्वास गरेका छौ स्थानियहरु बताउछन् ।’ सडक डिभिजन कार्यालयले पृथ्वीराजमार्ग फराकिलो बनाउने कार्य एडिबीलाई हस्तान्तरण गरिसकेकोले आयोजनाको सक्रियतामा उक्त सडकको व्यवस्थापन गर्ने जिम्मा रहेको छ । धुँवा धुलो प्रदूषण रोकको संघर्ष समितिका अध्यक्ष ठाकुर प्रसाद खनालको नेतृत्वमा प्रजिअ अर्यालसंग भएको छलफल पश्चात प्रशासन कार्यालयले उक्त पत्रचार गरेको हो ।