विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवार बनेका च्योल्पा गुरुङ निर्वाचित भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका गुरुङ वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भनिको भन्दै प्रचार गरिएको थियो । मनाङको नेस्याङ गाउँपालिकाको वडा नम्बर ९ खाङसारमा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।मोटिभेट न्यूजको सम्पर्कमा आएको गुरुङले आफू विप्लव नेतृत्वको नेकपाबाट उम्मेदवार बनेको बताए । ‘म स्वतन्त्र उम्मेदवार हो । माओवादीहरुले आफ्नो भन्दै प्रचार गरेको पाइयो । तपाईँले पनि त्यही समाचार लेख्नु भएछ ।’ उनले भने, ‘त्यो न्यूज सच्याउनु पर्यो । म स्वतन्त्र उम्मेदवार हो । मलाई नेकपाले केन्द्रीय नीति अनुसार निर्वाचनमा सहभागी गराएको हो ।’मोटिभेट न्यूज सम्बाददाता