तनहु तरङ्ग संम्वावदाता
तनहुँमा नेपाली कांग्रेसका ७ जना नेता र कार्यकर्ताहरुले टिकट वितरणमा असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस तनहुँका संगठन विभाग प्रमुख विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ बहादुर थापा, ऋषिराम महत र बाबुराम बगाले लगायतले राजिनामा दिएका हुन् । राजीनमा दिएका महश्वेर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास नगरपालिका १ को वडाध्यक्षमा, थापाले व्यास नगरपालिका २ को वडाध्यक्षमा, पौडेलले शुक्लागन्डकी नगरपालिका ३ को वडाध्यक्ष र महतले शुक्लागन्डकी नगरपालिका ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थानीय तहको निर्वचनमा पाटीले योगदान गरेकाप्रती नभइ नोठलाइ हेरेर टिकट दिएको बताउदै पाटी परीतयाग गरेको बताए ।