दमौली व्यास ३ स्थित निर्माणाधीन सभागृह पहुँचयुक्त तथा अपांगतामैत्री नभएको भन्दै राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ध्यानाकर्षण जनाउनु भएकाे छ । अाइतबार पन्थले एक विज्ञप्ती जारी गदै ध्यानाकर्षण जनाउनुभएकाे हाे । उक्त विज्ञप्तिमा “नेपाल सरकारले २०६९ सालमै ‘अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका’ जारी गरिसकेको र सबैका लागि पहुँचयुक्त भौतिक संरचना निर्माणका सम्बन्धमा व्यापक जनचेतना भइरहेको सन्दर्भमा, अझै पनि मानव निर्मित सार्वजनिक भौतिक संरचनाहरु पहुँचयुक्त मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप डिजाइन र निर्माण नहुनु अत्यन्तै दुखद छ । यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । तनहुँ दमौलीस्थित सरोकारवाला र अधिकारवादी साथीहरुले समयमै आवश्यक ध्यानदृष्टि दिनु भएकै होला । अपांगताको सवालमा समयमै हस्तक्षेप गर्ने र अधिकारको सवालमा खरो उत्रने अपांगता अधिकारकर्मी साथीहरु समेत आफ्नै नजर अगाडि चुक्नु भएको महसुस भएको छ । यसतर्फ अपांगता अधिकारकर्मी, सरोकारवाला लगायत हामी सबैको समयमै ध्यान नपुगेकै हो ।तनहुँ दमौलीस्थित सभाहल सबैका लागि पहुँचयुक्त र अपांगतामैत्री बनाउन सरकारसँग जोडदार माग गर्दछु । यस सवाललाई जिम्मेवारी र गम्भीरतापूर्वक लिँदै समस्या समाधान र सुधार गर्नुपर्ने जिम्मेवारी समेत महसुस गरी सरकारका सम्बन्धित निकायसँग आवश्यक निरन्तर छलफल र समन्वय भैइरहेको छ । आवश्यक सुधार गर्नेतर्फ सम्बन्धित निकायहरुबाट सकारात्मक प्रयास र ठोस कदम अघि बढेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु उल्लेख्य गरिएकाे छ ।