तनहु तरङ्ग सम्बाददाता
व्यास नगरपालिका वडा नं ४ की वडा सदस्य वसुन्धरा घर्तीले पदबाट राजीनामा दिएर स्थानिय तहको चुनावमा होमिइएकी छिन् । निर्वाचन आयोगले जनप्रतिनिधिहरुले
राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने निर्णय गरेको थियो । सोही अनुसार नेकपा एमालेको जिल्ला सदस्य समेत रहेकी घर्तीले वडा सदस्य पदबाट राजिनामा
दिएर चुनावमा होमिइएकी हुन् । आदिवासी जनजाती जिल्ला समन्वय परिषद् तनहँुकी अध्यक्ष समेत रहेकी घर्ती व्यास नगरपालिकाको उपप्रमुखको दाबेदार
हुन् । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा तनहँुको व्यास नगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट घर्ती बलियो उम्मेदवारको रुपमा रहेकी
छिन् । विभिन्न संघ संस्था, सामाजिक क्षेत्रमा घर्तीको योगदान अतुलनिय रहेको छ । जनजातीको बहुयता रहेको व्यासमा जनजातीबाट घर्तीले प्रतिनिधित्व गर्ने भएकाले
धेरैको सहयोग रहने विश्वास लिईएको बताईएको छ