आजदेखि देशभर एसइइ परीक्षा सुरुहुदैछ । तनहुँबाट कूल छ हजार एक सय पचहत्तर जना परीक्षाथी परीक्षामा सहभागी हुदैछन् । कृषि,सिभिल,कम्प्युटर र भेटेरिनरी लगायतका प्राविधिक धार तर्फ एक सय तीस जना बिद्यार्थी सहभागि हुनेछन् । खुल्लातर्फ तीस ,कम देख्ने तीन,बाल सुधारगृह कास्कीबाट दुई जना गरी कूल छ हजार एक सय पचहत्तर जना परीक्षाथी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत इन्द्र प्रसाद तिम्लसेनाले जानकारी दिए । व्यासनगरपालिका–१ निर्मल माध्यमिक विद्यालयमा फाराम भरी सोही वडा स्थित जलदेवी माविबाट खुल्ला तर्फबाट परीक्षा दिदै छन् । कक्षा आठ पास गरेका र घरमै बसेर दुई बर्ष पछि एसइइ परीक्षा दिन लागेका हुन् । प्रश्नपत्र र समय तालिका सबै परीक्षार्थीहरुका लागि एउटै कायम रहेको छ । तनहुँमा एसइइ परीक्षाको लागि छब्बीस वटा परीक्षा केन्द्र तोकिएको छ । जसमा सबैभन्दा बढी व्यासनगरपालिकामा सात वटा परीक्षा केन्द्र तय गरिएको छ । त्यसैगरी शुक्लागण्डकीमा छ,भानुमा तीन,बन्दिपुरमा तीन,भिमादमा दुई रहेका छन् ।
त्यसैगरी देवघाट,आँबुखैरेनी,म्याग्दे,घिरीङ र ऋषिङमा एक÷एक परीक्षा केन्द्र तोकिएको छ । होम सेन्टर नभएका पच्चीस वटा बिद्यालयमा संम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ भने महेश संस्कृत गुरुकुल मावि देवघाटमा होम सेन्टर नपर्ने अशोक खत्रीलाई खटाइएको छ । जिल्लाभर परीक्षाको लागि ५७६ जनशक्ति परिचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत बिश्व रेग्मीले जानकारी दिए । केन्द्राध्यक्ष छब्बीस,सहायक केन्द्राध्यक्ष बयालिस,निरीक्षक तीन सय उन्नाइस,परीक्षा सहायक चौसठ्ठी र सहयोगी कर्मचारी एक सय पच्चीस जना रहेका छन् । प्रश्नपत्र संम्बन्धित पालिका स्थित प्रहरी चौकीमा पठाउने कार्य सम्पन्न गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बसन्तराज पौडेलले जानकारी दिए । भएको छ । त्यसैगरी मुल र थप कपी संम्बन्धित केन्द्रमा पठाइएको छ । उनले भने–‘धेरै बिद्यार्थी भएका केन्द्रमा दुई जना केन्द्राध्यक्ष तोकिएको छ ।’ त्यसैगरी थोरै विद्यार्थी रहेका परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्षले नजिक रहेका दुई परीक्षा केन्द्र अनुगमन गर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ भने टाढा रहेको परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष खटाइएको छ ।