३ बर्षे बालिकाको दुईतला माथिबाट खस्दा मृत्यु भएको छ । तनहुँ जिल्ला व्यास न.पा. वडा नं. ६ स्याउली बजार बस्ने भुपाल परियारको छोरी एही बैशाख ६ गते दिउसो तिन बजेर तिस मिनेटको समयतिर खेल्ने क्रममा आफ्नै घरको दुई तलामाथिबाट लडी गम्भिर घाईते भएकी थिइन् । तेसलगतै उनलाई उपचाका लागि दमौली अस्पताल ल्याइएको थियो । उक्त अस्पतलबाट फेवासिटी अस्पताल पोखरा रिफर गरेको थियो । उपचारको क्रममा सोही दिन साझ बालिकाको मृत्यु भएको प्रहरीले जनकारी दिएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।