तनहुँ ७ बैशाख
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराद्वारा तनहुँका ठुला तेइस पशु फार्मका किसानलाई अनुदानमा आर्थिक सहयोग गर्न लागेको छ । बिश्व बैंकको ऋण सहयोगमा संञ्चालित अनुदान कार्यक्रम अन्र्तगत पन्ध्र निजी फार्म र आठ वटा समुह,सहकारी र संघमा आवद्ध भएका फार्मलाई अनुदान प्रदान गर्न लागेको हो । उक्त अनुदान कार्यक्रम अन्र्तगत बढीमा रु।८६ लाख ६० हजार सम्म अनुदान प्रदान गर्न लागेको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तनहुँले जनाएको छ । निजी फार्म तर्फका पन्ध्र वटामध्ये दश वटा बाख्रा फार्म र पाँच वटा दुग्ध फार्मका किसानहरुलाई अनुदान प्रदान गरिने केन्द्रका प्रमुख डा।बालकृष्ण श्रेष्ठले जानकारी दिए । फार्म संञ्चालकले काम गरेको प्रगतिको आधारमा तीन चरणमा गरी किसानलाई रकम भुक्तानी गर्ने प्रावधान रहेको छ ।
उक्त कार्यक्रममा २० प्रतिशत फार्म संञ्चालकको लगानी,३० प्रतिशत बैकको ऋण र ५० प्रतिशत अनुदान प्रदान गरिने सो कार्यालयले जनाएको छ । पशुपालन तर्फ सबै भन्दा ठुला अनुदान रकम पाउनेमा जिल्लाको भिमाद नगरपालिका स्थित सूर्योदय कृषक समुह रहेको छ । उक्त फार्मले रु।८६ लाख २५ हजार अनुदान पाउने छ । त्यसैगरी आँबुखैरेनीकाको छिम्केश्वरी बाख्रा समुहले रु।४८ लाख चौतिस हजार,शुक्लागण्डकी नगरपालिकाको शुक्ला गण्डकी कृषि पर्यटन सहकारी संस्थाले रु।रु।४९ लाख ६४ हजार,आँबुकै मस्र्याड्दी बहुउद्धेश्यीय सामुहिक संस्थाले रु।७५ लाख,म्याग्दे गाउँपालिकाको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले रु।चौतिस लाख ६० हजार,घिरिडको शालिकराम बाख्रा फार्मले रु।तीस लाख ९३ हजार अनुदान रकम प्राप्तको लागि प्रक्रियामा रहेका छन् । त्यसैगरी दुग्ध उत्पादन तर्फ सबै भन्दा बढी रकम अनुदान पाउनेमा व्यासको चिन्तुटार दुग्ध उत्पादक संस्थाले रु।८६ लाख ६० हजार र व्यासनरपालिका स्थित जिल्ला दुग्ध उत्पादक संघले रु।६३ लाख ९६ हजार लगायतका किसानहरुले अनुदानको लागि सम्झौता गरेको छन् । त्यसैगरी,व्यासनगरपालिका–४ चुरेखोल्सी स्थित गंगा देवी बाख्रा फार्मले रु।बीस लाख पचास हजार अनुदान रकम प्राप्तको लागि प्रक्रिया अघि बढाएको छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराको रु।बीस लाख पचास हजार अनुदान दिने भएकोले हालै मात्र सम्झौता गरिएको फार्म संञ्चालक गायत्री पुडासैनी अधिकारीले बताइन् । ठुला अनुदान कार्यक्रम अन्र्तगत तीन पटकसम्म सार्वजनिक सुनुवाई कार्यक्रम र तीन चरणमा कार्य योजना सम्पन्न गर्ने कार्य तालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । उहाँको फार्मममा हाल साना ठुला गरी एक सयको हाराहारीमा उन्नत बोयर जातका बाख्रा रहेका छन् भने करिब रु।एक करोड बराबरको लगानी भैसकेको उनले बताइन् । जनचाहना न्युज