सुरेश सुनार तनहुँ
बैशाक ८ बिहिबार
तनहुँ जल्लामा सुत्केरीको घर घरमा स्वास्थ्यक्रमी कार्यक्रम संचालनमा आएको छ । सुत्केरी आमाहरुलाइ सुत्केरी पश्चात स्वास्थ्य सस्थामा जचाउन जानुपर्ने बाध्यताको समाधान गर्ने उद्धेशयले र सुत्करी भइसकेका आमा र बच्चाको स्वास्थ्य अबस्थावारे बुझ्ने तथा जाच गर्ने उद्धेशयले यो कार्यक्रमको सुरु गरीएको स्वास्थ्य कार्यलय तनहुँका प्रमुख संकरबाबु अधिकारीले जानकारी दिए । सुत्करी भइसकेका महिलाहरु सुतकेरी पश्चात घरमा गइसकेपछि स्वास्थय अबस्थावारे बुझ्न स्वास्थ्यक्रमीहरु तेश्रो र सातौँ दिनमा घरमा नै गई आमा र बच्चाको स्वास्थ्य अबस्थावारेमा लेखाजोखा राख्ने गरेका उनले बताए ।
यस अन्तर्गत सुत्केरी आमाको रक्तचाप, सुत्केरी पश्चात रगत बगे– नबगेको, बच्चाले आमाको दुध चुसे नचुसेको , बच्चामा जन्डिस भए नभएको जस्ता बिभिन्न स्वास्थ्यका अबस्था बारेमा चेकजाच गर सुत्केरी आमालाई के कस्तो आहार खाइरहेकी छन, बजन उठाउने जस्ता कामहरु गरेकी छन छैनन् , बच्चालाइ पर्याप्त मात्रामा स्तनपान गराउनुपर्ने बारेमा समेत परामर्श तथा पारीवारीक निगरानि गरी आमा र परीवारका सदस्यलाई परामर्श दिइने समेत गरेको स्वास्थ्य कार्यालय तनहुका परीवार नियोजन सुपरभाइजर सुदिप कडेलले जानकारी दिए । यस कार्यक्रमले सुत्केरी पश्चात आमा र बच्चामा हुने जटीलताका बारे समयमा नै पत्ता लाग्ने हुनाले आमा र बच्चाको स्वास्थ्य अबस्थामा सुधार आइ मृत्युदरमा समेत कमी आउने आकलन गरेको कडेलले बताए ।

हाल यो सेवा तनहु जिल्लाको सबै पमलिकाको बिभिन्न स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाइ, शहरी स्वास्थ्य केन्द्र तथा संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले सेवा दिइरएको स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ ।

स्वास्थ्य कार्यालय तनहुँले चालू आर्थिक वर्षको चैत्रसम्ममा बेरुजु शून्य रहेको बताएको छ । हालसम्म बजेटको प्रगति पनि ५० प्रतिशत रहेको कार्यालले बताएको छ । बिहिबार आयोजित एक कार्यक्रममा बोल्दैे प्रदेश र संघको बजेटमा तनहुँ ५० प्रतिशत प्रगतिमा रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारील बताए ।
कार्यालयले तालिम नलिएका स्वास्थ्यकर्मीहरुका लागि खोपको आधारभुत तालिम, परिवार नियोजन अस्थायी शिबिर संचालन , निशुल्क बन्ध्याकरण सिविर, मातृ सुरक्षा चक्कीका बरेमा अभिमुखिकरण, उत्तर प्रसुति ब्यबस्थापनका बारेमा अभिमुखिकरण, निशुल्क खानेपानी परीक्षण जस्ता कामलाइ प्रगतिको रुपम लिएको छ ।

तेस्तै बाँकी रहेका कार्यक्रमहरुको कार्य योजना मध्य नसर्ने रोग सम्बन्धी कार्यक्रम, तथ्याङक को गुणस्तर सुधारका लागि स्वास्थ्य कार्यालय, बिध्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, प्रदेश तथा जिल्ला स्तरमा खोप अभियानको समिक्षा, पुण खोप घोषणा र दिगोपना एबं सरसफाइ प्रबर्धन कार्याक्रमको निरन्तरताका लागि समिक्षा र सुक्ष्म योजना तयारी गोष्ठी, नियमित खोपमा टाइफाइड खोप सुरुवात कार्यक्रम जस्ता कार्यक्रहरु गर्न बाकि रहको कार्यलयले जनाएकको छ ।