तनहुँ तरङ्ग सम्वाददाता
बैशाक ८ बिहिबार
कर्मचारीको मिलेमतोमा हाईड्रोपावरको डिजेल चोरी गर्दै गरेको अवस्थामा पक्राउ चारजना पक्राउ परेका छन । बुधबार बिहान ०९ः३० बजेको समयमा तनहुँ जिल्ला ऋषिङ गाउँपालिका वडा नं. १ झापुटार स्थितमा रहेको तनहुँ हाईड्रोपावरको पेट्रोल पम्पबाट चोरी गरी लगेको अवस्थामा प्रहीले पक्राउ गरेको हो ।
पम्पका कर्मचारी साबि जंग तामाङ र देवन थापा मगरको मिलिमतोमा १००० लिटर डिजल चोरी गरी ४ वटा ड्रममा भरी ग १ त ६५०६ नं. को ट्याक्टरमा लोड गरी लैजादै गरेको भन्ने सुचनाको आधारमा तनहुँ जिल्ला ऋषिङ गाउँपालिका वडा नं.४ बस्ने बर्ष ३६ को कृष्ण बहादुर रानाभाट, लमजुङ जिल्ला बेशिसहर नगरपालिका वडा नं. ११ घर भई हाल तनहुँ हाईड्रोपावरमा काम गर्ने बर्ष ४९ को साबि जंग तामाङ , तनहुँ जिल्ला ऋषिङ गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २१ को गोरे भन्ने भिम बहादुर थापा मगर र तनहुँ जिल्ला ऋषिङ गाउँपालिका वडा नं. १ झापुटार घर भई हाल तनहुँ हाईड्रोपावरमा काम गर्ने २३ बर्षको देवन थापा मगरलाई अस्थायी प्रहरी चौकी झापुटारवाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै उक्त चोरी भएको डिजल र ट्याक्टर सहित पक्राउ गरेको हो ।
उनीहरुलाई तनहुँ जिल्ला अदालतबाट बैशाक ७ गतेदेखी लागु हुने गरी दिन दश दिकोलागी म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँ सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।