तनहुँ तरङ्ग समचारदाता
वैशाख २ शुक्रवार
व्यास नपा वडा नं २ बाट युवा समाजसेवी महेन्द्र रिजाल वडा अध्यक्ष पदका आकांक्षी रहेका छन् । उनी नेकपा एमालेबाट उठ्ने दरिला दाबेदार मानिएका छन् । रिजालका परिवार पुर्खदेखी नैै पाटीमा सकृय भएर लागिरहेको बताइएको छ ।महेन्द्र बाल्यकाल देखि नै सामाजिक कार्यमा सकृय रहदै आएका उनी हाल पनी विभिन्न सं–सस्थामा आबद्ध रहेका छन् । व्यास नगर पालिका वडा नं २ मा स्थाइ घर भएका उनी विद्यार्थि जिवन देखी नै सामाजिक कार्य गर्न रुचाउने सोभभावको रहेको स्थानियहरु बताउछन ।
उनी हैरान्स क्लबको संथापक अध्यक्ष भएलगतै लगतार तिन बर्षे कार्यकाल समालेका थिए । उत्तरशिला टोलको पनि तिन बर्षे कार्यकाल अध्यक्ष भएर बिताएका थिए । तेस्तै चर्चित क्लव लायन्स क्लव अफ दमौली तनहुँको तृतिय उपादक्ष्य रहेका उनी कलाकारिता क्षेत्रमापनि निकै अबल मानिएका थिए । विश्वव्यापी फैलीएको कोरोना महामारीको संकटको बेलामा खाना समेत नपाएर भोकै बसेका करिब छ हजार भन्दा बढि मानिसहरुलाई क्लब, बिभिन्न संस्थाको सहयोग र ब्याक्तिगत सहयोगमा दैनिक रुपमा सामुहिक खाना खुवाउने काम समेत गरेका रिजाल हाल नेकपा एमालेको व्यास नपा वडा नं २ को सभापती रहेका छन् ।
व्यास २ मा नेकपा एमाले बाट मात्र करीब पाँच जना अध्यक्ष पदको दाबेदार रहेका छन् । पाटीले अनुभबि , मेहनती, दृर्ग भिजन भएको र काम गर्न सक्ने आट र सहास भएको ब्याक्ति चुन्ने हो भने रिजाललाई नै टिकट दिन जरुरी देखिएको वडा वासीहरुको भनाइ रहेको छ ।