अधिवक्त भवगती पाण्डेलाई कारबाहीको माग गर्दे सोमबार दमौलीमा शन्तिपुर्ण विरोध सहित ज्ञापनपत्र बुझाएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला समिति तनहुँ र नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको संयुक्ति आयोजनामा सो ज्ञापनपत्र बुझाइएको हो । तामाङ र मगर समुदायलाई अपराधिकरण गर्ने गरी विवादस्पद अभिव्यक्ति दिने अधिवक्त भवगती पाण्डेलाई कारबाहीको माग गर्दे सो विरोध कार्यक्रम गरेका नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य धनसुब्बा तामाङले जनाकारी दिनुभयो ।

उहाँ जिल्ला प्रहरी परिसर टेकु काठमाडौँका प्रहरी वरिष्ठ उपरिक्षक दान बहादुर कार्की सहितको प्रहरीले शान्तीपुर्ण आन्दोलनमा आफुनो माग राखिरहेका अभियन्तहरुलाई बल प्रयोग गरि कुटपट् गर्ने प्रहरीलाई कानुनी कारबाहीको माग मगरले बताउनुभयो । उक्त विरोध कार्यक्रममा भवगती पाण्डेलाई कानुनी कारबाही गर ,जातीय सद्भाव कायम गर , सम्पुर्ण आदिवासी जनजाति एक होऔ, घाइते अपाङलाई उचित क्षतिपुर्ति दे जस्ता कार्ड सहित विरोध गरेका थिए । आफनो समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेकाले आन्दोलित भएको नेपाल मगर केन्द्रीय उपमहासचिव सिद्दान्त थापाले बताउनुभयो । अधिवक्ता पाण्डे भनेको अभिव्यसक्तले तामाङ र मगर समुदायलाई हेपाई भएको नेपाल मगर संघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष मनिराज थापाले बताउनुभयो ।