तनहुँको भिमाद नगरपालिकाको नीति, बजेट कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरको प्रमुख आतिथ्यतामा नीति, बजेट कार्यक्रमको सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा बोल्दै आले मुलुकको दिगो विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक आपासमा समन्वय गरी अगाडी बढ्नुपर्ने बताउनुभएको छ । आलेले तीन तहकै सरकार एउटै बाटोमा हिड्नु पर्ने र तीन सरकार तीन तिर भए देशको भलो नहुने बताउनुभयो ।


