तनहुँको देवघाट गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०७९÷८० को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार देवघाट गाँउपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विषयगत शाखा प्रमुखहरुले तेश्रो चौमासिकमा भएको काम कारवाहीको जानकारी गराएका गराउनुभएको थियो । कार्यक्रममा गाउँपालिका र वडा कार्यालय मार्फत सम्पन्न भएका काम कारवाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखिएको थियो भने सम्वन्धित प्रश्नको बारेमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा शाखा प्रमुखहरुले प्रष्ट पारिएको थियो ।सो कार्यक्रममा स्थानीय सहभागीहरुले देवघाट जोड्ने झोलुङ्गे पुल जिर्ण भएको, हजारौं भक्तजन स्नान गर्न आउने बेणी संगममा सार्वजानिक सौचालय नभएको, शुद्ध खानेपानीको सहज व्यवस्था नभएको, लागु औषध दुव्र्यसनीको संख्या बढ्दै गएको, मापदण्ड विपरित घर टहरा निर्माण भएको, खेलकुँदका कार्यक्रम ठप्प रहेको जस्ता विषयहरु स्थानियहरुले उठाउनुभएको थियो । स्थानियहरुको प्रश्नहरुको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सबैको सल्लाहा र परामर्शमा गाउँपालिकाको सेवालाई नागरिक मैत्री बनाउने काम भईरहेको बताउनुभयो । देवघाटलाई समुन्नत बनाउन कुनै कसर बाँकी नराखी काम भईरहेको अध्यक्ष थाापाले बताउनुभयो ।
