चैत ९ , दुलेगौँडा

तनहुँका पत्रकार अशोक विश्वकर्मा सम्मानित भएका छन् । दलित समुदायको अधिकार स्थापनाका लागि पत्रकारिता मार्फत भूमिका खेलेको भन्दै पत्रकार विश्वकर्मालाई विहिबार माओबादी केन्द्रको दलित मुक्ति मोर्चा शुक्लागण्डकीले सम्मान गरेको हो । दुलेगौँडामा आयोजना भएको दलित मुक्ति मोर्चाको प्रथम भेला मार्फत उनलाई सम्मान गरिएको माओबादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए । गुरुङका अनुसार पत्रकार विश्वकर्माले विभेदमा परेका दलित समुदायको आवाज सञ्चार माध्याम मार्फत बाहिर ल्याएर विभेद न्यूनिकरणमा भूमिका छन् ।रेडियो नेपाल सहित जिल्लामा तनहुँ खबर दैनिक र शुक्लागण्डकी एफएममा कार्यरत पत्रकार विश्वकर्माले सम्मान ग्रहण गर्दै दलित समुदायले वर्तमानमा भोगेका विभेदको अवस्थालाई माओबादी पार्टीले समिक्षा गर्नुपर्ने बताए ।उनले विभिन्न लेख तथा रेडियो कार्यक्रम उत्पादन गरेर दलित समुदायलाई विभेद विरुद्ध जागरुक बनाउदै आएका छन् ।