तनहुँ ९ चैत्र
नेपाल पत्रकार महासंघ तनहुँले स्थापना गरेको कल्याणकारी कोषमा दुग्ध व्यवसायी रमेश प्रसाद आचार्यले रु.पाँच हजार आर्थिक सहयोग गर्नुभएको छ ।
व्यासनगरपालिका–११ सेरा निवासी आचार्यले शाखाका अध्यक्ष उज्वल पौडेललाई बुधबार उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
शाखाले स्थापना गरेको कल्याणकारी कोषमा हालसम्म विभिन्न संघसंस्थार व्यक्तिहरुबाट समेत गरी रु.एक लाख भन्दा बढी रकम जम्मा भैसकेको बताइएको छ ।
कल्याणकारी कोषमा सहयोग रकम आउने क्रम जारी रहेको नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडलले जानकारी दिनुभयो ।
जिल्लाका पत्रकारहरुको औषधी उपचार,क्षमता अभिवृद्दि,बीमा लगायतका कल्याणकारी कार्यमा खर्च गरिने छ । उहाँले भन्नुभयो ‘रु.एक करोड बराबरको अक्षयकोष स्थापना गर्ने योजना रहेको छ ।
पत्रकार महासंघ तनहुँ शाखामा हालसम्म एक सय बढी पत्रकारहरु आवद्द रहेका छन् । जिल्लाबाट आठ वटा दैनिक,आधा दर्जन साप्ताहिक,करिब एक दर्जन एफ.एम र आधा दर्जन बढी अनलाइन सेवा संञ्चालनमा रहेका छन् ।
दुग्ध व्यवसायी आचार्यले बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा व्यासनगरपालिकाको मेयर पदको उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
बिहान र बेलुका उपभोक्ताको घरदैलोमा दुध बिक्री गरी दिउँसोको समयमा भेटघाट कार्यलाई तीब्रता दिदै आएको आचार्यले बताउनुभयो ।