Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली

बीस हजार घरधुरी लाभान्वित

सुरेश सुनार

४ बैशाख २०७९, आईतवार

422
Share

तनहुँ विद्युतीकरण आयोजनाबाट बीस हजार एकसय घरधुरीका झण्डै एक लाख बढी मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाका दश पालिकामध्ये ऋषिङ्, घिरिङ्, आँबुखैरेनी, बन्दिपुर, व्यास, देवघाट र भीमाद नगरपालिकासहित सात पालिकाका मानिस लाभान्वित भएका हुन् । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित भएका क्षेत्रका मानिस लामो समयदेखि अन्धकारमय जीवन बिताउँदै आएकोमा घरघरमा बिजुली पुगेपछि खुसी भएका छन् । आयोजनाबाट प्रभावित क्षेत्रमा तनहुँ विद्युतीकरण आयोजनाले विद्युतीयकरणको जिम्मा पाएपछि बिजुली विस्तार गरिएको हो । आयोजनाले करिब चार वर्षमा त्यसक्षेत्रमा विद्युत् विस्तार गरेको तनहुँ विद्युतीकरण आयोजनाका इञ्जिनीयर कपिल पाण्डेले जानकारी दिनुभयो । आयोजनासँग गरेको सम्झौता अवधि समापन हँुदै गर्दा आफ्नो जिम्मामा रहेको काम सम्पन्न गरेको उहाँले बताउनुभयो । आयोजनाबाट प्रभावित क्षेत्रमा विद्युतीकरणको जिम्मा पाएको उक्त आयोजनाले सम्झौता अवधिभित्र काम सम्पन्न गरेको हो । बन्दिपुरको साराङ्गघाट र घिरिङमा दुई वटा सवस्टेशन निर्माण गरिएको छ । शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबाट घिरिङग र आँबुखैरेनी गाउँपालिकाको सत्रसयबाट साराङघाटको सवस्टेशनमा ३३ केभी लाइन जोड्नको लागि वातावरणीय अध्ययन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । करिब एक महिनाभित्र बाँकी रहेका सबै कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । तनहुँ विद्युत् प्राधिकरण तनहुँले यही आर्थिक वर्षको आसारमसान्तभित्र तनहुँलाई अन्धकारमुक्त बनाउने लक्ष्य लिएको प्राधिकरणका निमित्त प्रमुख एवं इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिनुभयो । –––

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

Tanahun taranga news

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

Tanahun Taranga news

नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal