Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
विदेशबाट फर्केर गाईपालनमा रमाउँदै आचार्य

विदेशबाट फर्केर गाईपालनमा रमाउँदै आचार्य

सुरेश सुनार

७ चैत्र २०७८, सोमबार

445
Share

विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानुभएका व्यासनगरपालिका–११ सेरा निवासी रमेशप्रसाद आचार्य स्वदेश फर्किएर गाईपालनमा लाग्नुभएको हो । स्नातक पास गर्नुभएका उहाँ जागिरभन्दा आफ्नै स्वतन्त्र पेसा राम्रो लागेर गाईपालनमा लागेको बताउनुहुन्छ । तीन वर्षको मलेसिया बसाइँमा सन्तोषजनक कमाई भए पनि स्वदेशमै बसेर केही गरौँ भन्ने मनसायले फर्किएर गाईपालन व्यवसाय थालेको आचार्यको भनाइ छ । सुरुमा एक÷दुईवटा गाईबाट व्यवसाय सुरु गर्नुभएका उहाँले थप्दै गएर अहिलसातवटा गाई पु¥याउनुभएको र अझै केही गाई थप्ने योजनामा हुनुहुन्छ ।

दैनिक एक सय साठी लिटर दूध उपभोक्ताको घरघरमा पुगेर बिक्री गर्दै आएको छु । आचार्य भन्नुहुन्छ, “एक सय लिटर अन्यत्र कृषकबाट र साठी लिटर आफ्नो फार्मबाट उत्पादित दूध बिक्री गर्दै आएको छु ।” आफ्नो बारीको घाँसले मात्रै नपुगेपछि जग्गा भाडामा लिएर वार्षिक रु तीस हजार बुझाउँदै आउनुभएका उहाँ सबै लागत खर्च कटाएर मासिक कम्तीमा रु पचास हजार कमाउँदै आएको र अन्य कुनै निकायबाट अनुदान नपाएको बताउनुहुन्छ । तीन रोपनी जमिनमा मौसमअनुसार तरकारी खेती गरेर राम्रो कमाई पनि गर्दै आउनुभएका आचार्यले काँक्रो, लौका, घिरौँला, फर्सी, भिन्डीलगायत तरकारी खेतीबाट राम्रो कमाई भइरहको छ भन्नुहुन्छ ।  (रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

Tanahun Taranga media

वामपन्थी ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड

निर्वाचन प्रहरीको भर्ना खुल्यो

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal