तनहुँ ६ साउन
राष्टिय स्वतन्त्र पार्टी व्यास नगरपालिका–१ को सभापतिमा कोमल बहादुर जिसी सर्वसम्वत चयन भएका छन् । सभापति पदका लागि चार जना उम्मेदवार मध्ये अन्तिम चरणमा जिसी र अर्जुन रानाभाट बीचको सहमतिमा रानाभाटले लचकता अपनाएपछि जिसी सर्वसम्वत रुपमा सभापति पदमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा बिष्णु मल्ल,सचिवमा शैलेस हड्खले,सदस्यमा अर्जुन रानाभाट,राजकुमार श्रेष्ठ,सिद्ध बहादुर चन्द सर्वसम्वत चयन भएका छन् ।

अन्य पाँच जना सदस्य पछि थप गर्ने गरी सहमति भएको रास्वपा तनहुँका सहसंयोजक सूर्यमणि पौडेलले जानकारी दिए । कार्यक्रममा क्षेत्रीय प्रतिनिधी राजु दाहाल,जिल्ला संयोजक विकास सिग्देल,सहसंयोजक सूर्यमणि पौडेल,रास्वपा जिल्ला नेता चूडामणि दाहाल,सूर्य केसी लगायतका पदाधिकारीहरुको सहभागितामा चयन भएका पदाधिकारीहरुले शथप ग्रहण लिएका हुन् ।
