तनहुँसम्वाददाता
सानेबहादुर नेपाली
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ संघ तनहुँले स्थापना गरेको अक्षकोषमा दुग्ध व्यवसायी रमेश प्रसाद आचार्यले रु.पाँच हजार आर्थिक सहयोग गरेका छन् । व्यासगरपालिका-११ सेरा निवासी युवा समाजसेवी आचार्यले संघका जिल्ला अध्यक्ष एस.बि.नेपालीलाई शुक्रबार उक्त रकम हस्तान्तरण गरेका हुन् । संघले स्थापना गरेको अक्षयकोषमा हालसम्म रु.६० हजार संकलन भैसकेको छ ।अक्षयकोषबाट आएको ब्याजबाट प्रत्येक बर्ष दुई जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरुप अक्षयकोष स्थापना गर्न लागेको हो । संघले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने प्रबल इच्छा भएकोले सानो रकम भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको आचार्यले बताए । उक्त सहयोग रकम लिदै राष्ट्रिय दलित पत्रकार संघ तनहुँका अध्यक्ष नेपालीले आचार्य प्रति धन्यबाद प्रकट गरेका थिए ।
आचार्यद्वारा कुन कुन संघसंस्थामा सहयोग गरे ?
युवा दुग्ध व्वसायी आचार्यले व्यासनगरपालिका-१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय,व्यास-११ को बाराही मावि,व्यास-९ को माहेन्द्री माविमा अक्षयकोषदाता,व्यासगरपालिका-१ स्थित आदिकबी भानुभक्त क्याम्पसमा चन्दादाता,व्यास-१० को शिव माविमा, ब्यास ११ बसन्त आधारभुत बिद्यालय र व्यास-५ बेनीपाटन स्थित परासर आश्रम चन्दादाता गरिसकेका छन् । त्यसैगरी,नेपाल रेडक्रस सोसाइटी तनहुँ र राजापानी दिगो समाजका आजिबन सदस्य रहेका छन् । त्यसैगरी मिर्गौला पीडित,क्यान्सर पीडित,असहाय,दीनदु ःखीहरुलाई पनि आफ्नो क्षमता अनुरुप सहयोग गर्दै आएको आचार्यले बताए ।