Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

सुरेश सुनार

४ चैत्र २०७८, शुक्रबार

418
Share

ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ । पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा ग्याबिन जाली भर्ने लगायतका कामका लागि काठमाडाँैस्थित शङ्करमाली कन्स्ट्रक्शनसँग सम्झौता गरेको थियो । निर्माण व्यवसायीको लापरबाहीका कारण मोटरमार्गको काम सुस्त रहेको स्थानीयवासीसमेत रहनुभएका जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गलबहादुर गुरुङले बताउनुभयो । उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो । कार्यालयले निर्माण कम्पनीलाई रु ६ करोड ९१ लाख ८५ हजार निकासा गरिसकेको छ ।

कार्यालयका अनुसार हालसम्म १२ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको छ । समयमा काम सम्पन्न नभएपछि आगामी असार मसान्तसम्म म्याद थप भएको कार्यालयले जनाएको छ । कामको प्रगति हेरेर बाँकी म्याद थपको निर्णय हुने कार्यालयले जानकारी दिएको छ । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्र्याक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ । बर्सातका बेला सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको पहलमा अलपत्र बनेको उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति भएको छ । निर्माण व्यवसायीसहित हालै बसेको बैठकले उक्त मोटरमार्गको काम सुरु गर्ने सहमति गरेको हो । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेशकुमार घिमिरे, इन्जिनियर अमरेन्द्र यादव, धनमाया मिश्र लगायतको उपस्थितिमा भएको बैठकमा निर्माण व्यवसायी डिबी कार्कीले निर्माण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ठेक्का सम्झौतामा भएअनुसार जनशक्ति ल्याउने, आवश्यक उपकरण परिचालन गरी कार्य अगाडि बढाउने, अबको निर्माण सुरु गरेपछि कार्य प्रगतिका बारेमा निर्माण व्यवसायीले पूर्वाधार कार्यालयलाई मासिक रुपमा जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्नका लागि पूर्वाधार कार्यालयले आवश्यक समन्वय गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले बर्सातमा सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायीको लापरबाहीका कारण बर्सातमा हिलो र हिउँदमा धुलोले स्थानीयवासी मर्कामा पर्दै आएको गुरुङले बताउनुभयो । “निर्माण व्यवसायीले हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको बताएको छ, तर देखिने गरी केही काम भएको छैन,” उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले काम अगाडि बढाउँछु भनेर प्रतिबद्धता जनाएकाले केही आशावादी भएका छाँै ।”  (रासस)

 

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

Tanahun taranga news

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

Tanahun Taranga news

नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal