Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल बेल्जियम प्रस्थान गर्दै

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल बेल्जियम प्रस्थान गर्दै

सुरेश सुनार

३ चैत्र २०७८, बिहीबार

431
Share

नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकालको बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा मनोनयन गरिएको छ । एशियन तेक्वान्दो यूनियनबाट ती दुवै प्रतियोगिताका लागि उहाँ निर्णायक मण्डलमा छनोट हुनुभएको हो । बेल्जियम तेक्वान्दो फेडरेशनद्वारा आगामी शनिबार र आइतबार आयोजना हुने बेल्जियम खुला तेक्वान्दो प्रतियोगिताका लागि निर्णायक मण्डलमा रहन उहाँ आजै त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल तेक्वान्दो सङ्घले रेफ्री ढकाललाई बुधबार नै बिदाइ गरिसकेको छ । रोयल स्पेनिस तेक्वान्दो फेडरेशनद्वारा यही चैत १८ देखि २० गतेसम्म आयोजना हुने स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२ का लागि पनि निर्णायमण्डलमा रहन ढकाललाई निमन्त्रणा प्राप्त भइसकेको छ । यसअघि ढकाल गत कात्तिकमा पाकिस्तानको इस्लामावाद र फ्रान्समा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि निर्णायक हुनुहुन्थ्यो । चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्मस्)मा समेत तेक्वान्दो विधामा निर्णायकमण्डलमा कुशलता प्रदर्शन गरेसँगै उहाँको लोकप्रियता बढेको हो । चीनकै उसि सहरबाट विसं २०७० मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गर्नुभएका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुनुहुन्छ । काठमाडौँमा भएको दक्षिण एशियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि ढकाल रेफ्र्री हुनुहुन्थ्यो । तेक्वान्दो विधामा छोटो समयको तीव्र प्रतिस्पर्धाका खेलाडीबीच सही निर्णय सुनाउन तटस्थता, निष्पक्ष, सहासिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक वरियता नजिक रहनुभएका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुनहुन्छ ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

Tanahun taranga news

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

Tanahun Taranga news

नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal