Listen
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
tanahun taranga media logo
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँ बिशेष
  • राजनीति
  • साहित्य तरँग
  • अंग्रेजी समाचार
  • अडियो न्युज
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • जीवनशैली
खेतीतर्फ

व्यावसायिक खेतीतर्फ आकर्षित गर्न अनुदानमूलक कार्यक्रम

सुरेश सुनार

२ चैत्र २०७८, बुधबार

404
Share

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यावसायिक खेतीका लागि कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सुधार ल्याउन सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषि औजार, प्लाष्टिकका टनेल निर्माण, सिँचाइ, बीउबिजनलाई समेटिएको छ । नगरपालिकाका ११ वटै वडाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदानमूलक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका कृषि शाखाप्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई अनुदानमा कृषि औजार वितरणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले रु २७ लाख बजेट विनियोजन गरेको छ । “मागका आधारमा ५० प्रतिशत अनुदानमा कृषि औजार वितरणका लागि कार्यक्रम अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “व्यावसायिक खेतीमा संलग्नलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।” किसानले प्रति टनेलमा पनि ५० प्रतिशत अनुदान पाउने व्यवस्था गरिएको छ । टनेल निर्माणका लागि नगरपालिकाले प्लाष्टिक उपलब्ध गराउने उहाँले बताउनुभयो । यस कार्यक्रमअन्तर्गत प्लाष्टिकको टनेलमा निर्माणका लागि रु तीन लाख तथा फलाम ट्रष्टसहित प्लाष्टिक टनेल निर्माणका लागि रु चार लाख ५० हजार वजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । ् त्यस्तै तरकारी, केरा लगायतको खेतीलाई अगाडि बढाउँदै आएका किसानलाई ५० प्रतिशत अनुदानमा नगरपालिकाको कृषि शाखाले सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर वितरण गर्नका लागि रु १२ लाख वजेट विनियोजन गरिएको शाखाप्रमुख धामीको भनाइ छ । किसानलाई सुपरग्रिन ब्यागसमेत अनुदानमा उपलब्ध गराइने उहाँले बताउनुभयो । “तीन लेयरको ब्यागमा राखेको अनाजमा घुन, पुत्ला तथा किरा नलाग्ने भएकाले अन्न सञ्चित राख्नका लागि प्रयोग हुने यस्ता ब्याग किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँछौं”, उहाँले भन्नुभयो, “यसका लागि रु तीन लाख वजेट विनियोजन भएको छ ।” शाखाप्रमुख धामीका अनुसार किसानलाई इलेक्ट्रिक स्प्रे ट्याङ्की अनुदानमा उपलब्ध गराउनका लागि समेत रु तीन लाख वजेट विनियोजन गरिएको र अनुदानमा सो ट्याङ्की प्रदान गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यसैगरी, पकेट क्षेत्र विस्तार गर्नका लागि ससर्त अनुदान कार्यक्रमअन्तर्गत रु १२ लाख विनियोजन गरिएको छ । केरा पकेट क्षेत्र विस्तारका लागि तीनवटा पकेटमा रु चार लाखका दरले र तीनवटा धान पटेक क्षेत्रका लागि रु चार लाखका दरले अनुदान रकम उपलब्ध गराइनेछ ।

(रासस)

प्रतिक्रिया छोड्नुस

छुटाउनुभयो कि ?

Tanahun taranga news

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

Tanahun Taranga news

नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नसक्छः अध्यक्ष लिङदेन

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

advertise with tanahun taranga news

सम्पर्क ठेगाना

तनहुँ तरङ्ग मिडिया प्रा.लि.

सूचना विभाग दर्ता नं: ३९४६-२०७९/८०

सम्पर्क

9807257785 / 9842268720

इमेल

tanahuntaranga@gmail.com

प्रकाशक/ प्रधान सम्पादक

सुरेश सुनार

सम्पादक

किरन नेपाली

समचारदाता

मनिता पन्थ

प्राविधिक प्रमुख

दिपिन बिश्वकर्मा

सल्लाहकार

सन्त बहादुर नेपाली

सल्लाहकार

बिनोद कुमार बि.क

सल्लाहकार

लाएन्स किङ्ग टंकु

हामीलाई फलो गर्नुस्

TanahunTarangaNews
newstanahun
TanahunTarangaTv

© Tanahun Taranga Media Pvt. Ltd. - 2026 All rights reserved.

Made in Damauli

Designed & Developed By : Dipin Bishwakarma

Hosted on : NestNepal