मुस्ताङ भ्रमणमा रहेका पर्यटकहरुलाई जोमसोमदेखि नजिक रहेको ढुम्बा तालले आकर्षित गरेको छ । वरीपरीको हिमश्रृङ्खला र तालको सुन्दरताको अवलोकनका लागि दैनिक रुपमा सयौंको सङ्ख्यामा पर्यटकहरु ढुम्बा ताल पुग्ने गरेका छन् । घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल जोमसोमबजारबाट १५ मिनेटको दूरीमा पर्दछ ।