उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको लापुबेँसीस्थित न्याउली झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ । उत्तरी गोरखाको लार्केपासदेखि मनासलु हिमालसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटक न्याउली झरना भएर जाने गरेकाले पनि आकर्षणको केन्द्र बनेको हो ।