नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर परिसरमा राखिएको घन्ट । वि.सं. १८५६ देखि सुरु भएको धार्मिक चलन अनुसार भैरवीदेवी मन्दिरमा पूजा सम्पन्न पश्चात भूजा चढाएपछि यस घण्टलाई मन्दिरका धामी तथा धामीका परिवारका सदस्यले एकसय आठ पटक बजाउने गरिएको छ । तस्बिर: रासस