नेपाल कै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा आउने पर्यटकलाई चिसोले रोकेन । रारामा छ महिनामा मात्र ६ हजारभन्दा बढी पर्यटक भित्रिए । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार ५५७ सार्क तथा विदेशी मुलुकबाट १५६ जना गरी छ महिनामा ६ हजार ७१३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन् । तस्बिर÷रासस