व्यास नगरपालिका–१ स्थित बुद्व दाहाल बहिरा प्राथामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेत, प्रधानाध्यापक भैरब पन्थलाई बिहीबार रु एक लाखको चेक हस्तान्तरण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विकास सिग्देल लगायतका जिल्ला नेता । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेको पहलमा नेको फाउण्डेशनको सहयोगमा रु तीन लाखमध्ये पहिलो चरणमा रु एक लाख सहयोग गरेको हो । उक्त विद्यालयमा ३३ जना विद्यार्थी अध्ययनरत छन् ।