सुकि सकेका थिए नयनहरू रूदै
थाल्दैछन बिस्तारै मुहारमा हाँसो छाउन,
रित्ति सकेका थिए मनका चाहानाहरू
थाल्दै छन मनभरि कसै प्रतिको आशहरू केही पाउन।।

लागि सकेको थियोे जिबन मा डढेले
बसन्त को आगमन सँगै पलाउदै छन,
हरेक आशाहरू मनको मरि सकेका थिए
आभास हुदैछ बिस्तारै मनमा खुशिले जलबलाउदै छन।।

हराउनै लागेको थियोे जीवन जिउने आशाहरू
बिस्तारै पलाउन थाल्याछ,
मेटि सकेका थिय बिस्वासका शब्दहरू

क्रमिक रूपमा लेखिन थाल्याछ।।

 

टुटि सकेको थिय मनका चाहानाहरू
भरोसा को आगमनले जोडिदैछन,
एकोहोरो हुदै थिय जिबन यात्रा
पुन एक पटक कतैतिर मोडिदैछन।।

(✍️बलु-मगर) समर्पण
बन्दिपुर तीन
तामुङ्ग, अर्चले
तनहुँ
हालस् खाडि युएई