सुरेश सुनार तनहुँ
चैत २२ मंगलबार
ऋिषिङ गाउँपालीका वडा नं ३ बाट युवा समाजसेवी डिल बहादुर नेपाली वडा अध्यक्ष पदका लागी नाम दर्ता गराएका छन् । आगामी बैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनमा नेपालीले नेपाली कंगे्रस पाटीबाट उमेद्धार दिन लागेका हुन । वैैदेशिक रोजगारमा रहदा समेत आफ्नो गाउघर सम्झिएर बिभिन्न सामाजिक कार्यका लागि आर्थिक सहयोग गर्दै आएका उनी सोहि कार्यलाई निरन्तरता दिदै अध्याक्ष पदमा दाबेदार गरेका हुन । उनले अध्यक्ष पदमा आकांक्ष राख्दै सामाजिक कार्य लाइ निरन्रता दिदै नमुना वडा बनाउने योजना राखेको बताएका छन् ।
विदेशमा रहदापनी नेपाली पराबासी संस्थाको संयोजक भएर बिदेशमा रहदा दुख पाएका नेपालीलाई सहयोग गर्ने कार्य समेत गरेका उनीे आफ्नो पालिकामा रहेको विद्यालय, मठ–मन्दिर र्निमाणका लागी आर्थिक तथा भौतीक सहयोगपनी गर्दौ आएका छन । नेपालीले सोहि पालीकामा रहेको आर्दश मा.बि खाल्टेको बिद्यालयमा छात्राबृद्धी अक्ष्यएकोष स्थापनाको लागि रु एक लाख पाँच सय रुपैया सहयोग गर्दा उनलाई तत्कालीन आर्थिक मामिला तथा कानुन मन्त्री श्री हरीबहादुर चौवानले सम्मान समेत गरेका थिए । उनले ३ नं वाडाको दुबुङ्गमा आफ्नो ब्यक्तिगत लगानीमा सरसती मन्दिर बनाएर सो ठाउलाइ धर्मिक मैत्री राख्नुपर्नेमा जोड दिएका छन । सामाजिक कार्य गर्दै आइरहेका उनलाइ समाजले रुचाएर अध्यक्ष पदमा उठ्नकोलागी अनुरोध गरेको र आफूलेपनी सामाजिक कार्य गरी नमुना वडा बनाउने चाहाना रहेकोले अध्यक्ष पदको दाबेदार गरेको नेपालीले बताएका छन् । पाटीले टिकट दियोभने स्थानिय जनताको बहुमतको भोटले जित निश्चित रहेको उनको भनाइ छ ।
नेपाली कंग्रसबाट ऋिषिङ गाउपालीका वडा नं ३ मा हालसम्म डिल बहादुर नेपाली सहित ७ जना अध्यक्ष पदको दाबेदार रहेका छन । भिम बहादुर थापा , हिम बहादुर पाटा , निर बहादुर थापा , केस बहादुर थापा , हुम बहादुर रानाभाट र कृष्ण नेपाली गरी ७ जना अध्यक्षको दाबेदार रहेको बताइएको छ ।