आदिकवि भानुभक्त क्याम्पसमा २१० औ भानु जयन्तीका अवसरमा अन्तर विद्यालय स्तरीय भानुभक्तिय रचना वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। प्रतियोगितामा आदिकवि भानुभक्त माध्यमिक विद्यालयका नमुना पन्थि प्रथम भएकी छिन्। त्यस्तै बाल मन्दिर माविका रुक्सा रसायली र अमिशा घर्ती दोश्रो, गोगन मावि कास्कीका सुजाता पौडेल तेश्रो, शिव माविका सुनयना पौडेल र बेविलोन स्कुलका स्वधिनता पौडेल सान्त्वना पुरस्कारवाट पुरस्कृत भएका छन् । उक्त प्रतियोगितामा २७ विद्यालयका ३१ विधार्थीहरुको सहभागीता रहेको थियो ।