जिन्दगी भित्र जिन्दगी रुमालिए जस्तै लाग्छ

खै अचेल जिन्दगी मलाई अर्थहिन जस्तै लाग्छ

मैले लेखेका र भाेगेका सबैसबै पलहरु

आज अर्थ र निरर्थमा डुबेर धमिलिए जस्तै लाग्छ

भाेगाई र साेचाइलाई कागजमा काेरेर राखेको थे

आज जिन्दगीले डल्लापारी फिर्ता दिए जस्तै लाग्छ

आखाँबाट आसुँहरुलाई राेक्न सकेको छैन

आफ्नै जिन्दगी मलाई एक्लाई दियाे जस्तै लाग्छ

मरूभुमी मेराे जिन्दगी हराभरा बनाउदै छु यहाँ

तितामिठा सपनाहरु अगाँलेर झुठाे मुस्काए जस्तै लाग्छ

लेखकको परिचय

लक्ष्मी लोहनी

याहा लेखकको छोटो परिचय लेख्नु होस्।

उहालाई फलो गर्नुस्।