मनिता पन्थ तनहुँ
यहि आगामी वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा व्यास न पा वडा १३ को वडा अध्यक्ष पद मा नेपाली काङ्ग्रेसवाट हरिश्चन्द्र पन्थले उमेरद्वारी दिएका छन् । शिक्षक पेसामा कर्मनिष्ठ भएर लामो समय काम गरिसकेका उनी हाल वडा अध्याक्ष्यमा दाबेदार गरेका हुन ।
gandaki kalatmak dhunga cotting udhokउनका राजनैतिक पृष्टभुमीबाट हेर्ने हो भनी उनी २०३२ सालमा ने.वि.सं को साधरण सदस्य, २०३५ देखि ३७ सालसम्म ने.वि.सं को जिल्ला कार्यसमितिको सचिव पदमा काम गरिसकेका छन् । उनलाई २०३७ सालमा वहुदलवादि प्रजातान्त्रीक शिक्षक सरुवाको विरोधमा आन्दोलन गरेवापत २५ दिन हिरासतमा राखी रु ७२५ रुपैयाँ धरौटी मा छुटी २०३६ देखि ०४५ सम्म सार्वजनिक मुद्वा लगाईएको थियो ।
उनले २०३७ सालदेखि ०३९ सालसम्म वन्दिपुर क्याम्पस ईकाई उपसभापति भई काम गरेको थिए । २०४७ सालमा ने.का.को साधरण सदस्यता लिएका उनी २०४७ देखि ०५० सम्म शिक्षक संघको संस्थापक सदस्य समेत रहेका थिए । २०५१ सालदेखि २०५५ सालसम्म शिक्षक संघ तनहुंको निर्वाचित सदस्य भएका थिए । २०५० सालदेखि नै नेपाली काङ्ग्रेसको क्रीयाशिल सदस्य रहेका उनी २०६५ सालदेखि २०७५ सालसमम शिक्षक संघको कर्मठ सदस्य रहि काम गरेका थिए ।
उनी सामाजिक क्रियाकलापमा कृयशिलता देखाउदै देश विकासको निम्ति अगाडि बढ्ने भाव राख्दै सामाजिक कार्यमा क्रियाशिल देखिन्छन् । यस्तै नेपाली कांग्रेसको तर्फबाट व्यास – १३ को अध्यक्ष पदका उमेदवार दिने मध्य उनीपनी एक हुन । व्यास १३ मा नेका बाटमात्र करीब १३ जना अध्यक्षको दाबेदार रहेका छन् ।