युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताउनुभएको छ ।“मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उहाँको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार समितिले बिहीबार बताएको छ । उचित पूर्वाधारको व्यवस्था गरिसकेपछि र युक्रेनी पाइलटहरूले तालिम लिइसकेपछि एफ–१६ जेटहरूको डेलिभरी हुने उहाँले बताउनुभयो ।नेदरल्यान्ड्स, डेनमार्क,नर्वे र बेल्जियमले रुससँग द्वन्द्वका बीच युक्रेनलाई उसको लडाकु विमानको अवस्थालाई उन्नत बनाउन एफ–१६ लडाकू विमान हस्तान्तरण गर्ने वाचा गरेका थिए ।गत हप्ता युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले बताए अनुसार युक्रेनी पाइलटहरूले केही हप्तामा वास्तविक एफ–१६ जेटमा प्रशिक्षका साथ उडान सुरु गर्ने जानकारी दिनुभएको थियो ।

यसैबीच युक्रेनले स्थायी रुपमा अमेरिकाबाट स्थायीरूपमाएटीएसीएमएस लामो दूरीका क्षेप्यास्त्रहरु प्राप्त गर्ने भएको छ । सरकारी समाचार समिति युक्रेनफर्म बिहीबार विदेशमन्त्री कुलेबालाई उद्धत गर्दै उक्त कुरा बताएको हो ।युक्रेनलाई एटीएसीएमएसको आपूर्ति सम्झौता गत महिनामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनको बीच भएको कुलेबाले बताउनुभयो ।“सम्झौता सम्पन्न गर्न र हाम्रो मार हान्ने क्षमतालाई सुदृढ बनाउनका लागि हामी अमेरिकाको सराहना गर्छौँ”, पहिला नै प्राप्त मिसाइलको सङ्ख्या उल्लेख नगरी मन्त्री कुलेबाले भन्नुभयो ।एटिएसीएमएस अमेरिकी प्रतिरक्षा कम्पनी लकहिडद्वारा निर्मित सामरिक ब्यालेस्टिक मिसाइल हो । यसको मार हान्ने क्षमता करिब तीन सय किलोमिटरसम्म रहेको बताइएको छ ।