व्यास नगरपालिका वडा नं १३ स्थित कुकुरढुङ्गेमा बुधबार वृक्षरोपण गरिएको छ । वडाका अध्यक्ष बसन्त आलेको प्रमुख अध्यक्षतामा सो कार्यक्रम सम्पन भएको हो । उक्त कार्यक्रममा बोल्दै आले वृक्षरोपण गरेर मात्र नहुने यसलाई सम्पुर्ण टोलवासी भएर संरक्षण गनुपर्ने बताउनुभयो । कार्यक्रममा लिचि , कागती , एभोगाडो , रुख कटहर लगायत फलफूलको बिरुवा वृक्षरोपण गरिएको थियो। सो कार्यकमा वडा सदस्य हरिचन्द्र पन्थ , कमला घर्ती, स्थानीवासीको उपस्थित रहेको थियो ।