तनहुँको बन्दीपुर गाउँपालिकाले ५० जनालाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । वडाको आयोजनामा वडा नंं २, ४ र ५ का ५० जना युवा वर्गहरुलाइ समयसापेक्ष सवारी साधनमा हुने नयाँ प्रविधिको ज्ञानको बारेमा अभ्यास तथा जानकारी दिई योग्य र दक्ष चालकको रुपमा विकास गर्ने लक्ष्य सहित तालिम प्रदान गरिएको हो । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाका अनुसार दक्ष सवारी चालकहरुको कमीलाई परिपूर्ति गर्नका साथै समयसापेक्ष नयाँ प्रबिधियुक्त सवारी साधनहरुको बारेमा दक्षता अभिबृद्धि गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो । उक्त कार्यक्रमा सिद्ध गुफा ड्राइभिङ प्रशिक्षण केन्द्र बिमलनगरमा करिव १ महिना सम्म प्रदान गरिएको थियो । तालिम पश्चात ४ जनाले दिएको ट्रायलमा ३ जनाले पास गरेका छन् भने बुधबार १२ जनाले ट्रायल दिनेछन् । छिट्टै नै बाँकी रहेका १ ३ र ६ वडाबाट पनि तालिम प्रदान गरिने गाँउपालिकाले जनाएको छ ।