वातावरणीय सुधारका लागि वृक्षारोपणु भन्ने नाराका साथ लायन्स क्लब अफ तनहुँ ब्यास सिटिद्वारा आदिकवि भानुभक्त क्याम्पस परिसरमा वृक्षारोपण एवं विरुवा गोडमेल कार्यक्रम सोमबार विहान सम्पन्न गरेको छ । क्लवको यस वर्षको पहिलो कार्यक्रमको कलवका अध्यक्ष सुक नारायण मल्लले क्याम्पसको बोटानिकल गाडनमा उन्नत जातको बयरको विरुवा रोपेर शुभारम्भ गर्नु भएको थियो। उक्त कार्यक्रममा लायन्स कलक गण्डकीका डिपार्टमेन्ट चिफ राजकुमार श्रेष्ठ निबर्तमान अध्यक्ष अन्जु दाहाल, प्रथम उपाध्यक्ष एक प्रसाद श्रेष्ठ, द्वितिय उपाध्यक्ष प्रकाश हड्खले लगायत क्लवका पूर्व अध्यक्ष, पदाधिकारी सदस्यहरूले समेत वृक्षारोपण गर्नु भएको थियो।