तनहुँमा असार बित्नै लाग्दा ४० प्रतिशत रोपाई सम्पन्न भएको छ ।यसबर्ष पानी कम परेकाले गर्दा गत बर्षको तुलनामा रोपाई नभएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । गतबर्ष ९० प्रतिशत रोपाई भएपनि यसबर्ष ८० प्रतिशत रोपाई हुने अनुमान गरिएको तिवारीले बताउनुभयो । भानुको चुँदीफाँट र रुपाकोट,व्यासको गजौडे,शुक्लागण्डकीको मान्द्रेफाँट,भीमादको बुढुवाफाँट,व्यासको मुलपानी लगायतका क्षेत्र धान खेतीका लागि पकेट क्षेत्रको रुपमा मानिने गरिन्छ ।