तनहुँको घिरिङ गाउँपालिकाले गाउँपालिका भित्र रहेका तिन प्रहरी चौकीलाई विपद् ब्यवस्थापनको सामाग्री बितरण गरेको छ । सोमबार गाउँपालिकाले गाउँपालिका कार्यालय प्राङ्गणमा एक कार्यक्रम गरि सामाग्री वितरण गरेको हो । प्रहरीले विपद्को बेला तुरुन्तै उद्दार गर्न प्रयोग हुने महत्वपूर्ण सामाग्रीहरु घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापाले गल ९ वटा, गैटी ९ वटा, बेल्चा ९ वटा, कोदालो ९ वटा, हेलमेट १५ वटा र फलामको बाल्टी ६ वटा र ३ सय मिटरको डोरि प्रहरी चौकीहरुलाई हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रमा बोल्दै थापाले घिरिङ गाउँपालिका भित्र हुने अबैध किसिमका कार्यको गतिबिधी नियन्त्रण र सवारी साधनमा सिट क्षमताको अनुगमनमा ध्यान दिनु पर्ने बताउनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले जब बर्षाको कारण पहिरोले भौतिक तथा मानबिय घटना भएमा तुरुन्तै प्रहरीको टोलिले उद्दार गर्नुपर्ने हुँदा प्रहरीलाई थप आवस्यक सामाग्री बितरण गरिएको बताउनुभयो ।
