यहि असार २९ गते २१०औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा भानुभक्त आचार्यको धर्मपत्नी चन्द्रकलाको माईती मानुङमामा साहित्यिक कार्यक्रम हुने भएको छ । भानुभक्त चन्द्रकला स्मृति प्रतिष्ठानद्धारा आयोजित साहित्यिक कार्यक्रम गर्ने लागिएको हो । आचार्यको ससुराली गाउँ म्याग्दे गाउँपालिका वडा नं १ मानुङकोट स्थित विजय आधारभूत विद्यालयमा कविता वाचन, रामायण वाचनका साथै भानुभक्त र चन्द्रकलाको जीवनी बारे कार्य पत्र प्रस्तुत गरिने प्रतिष्ठानका सचिव रामहरि खनालले बताउनुभयो । मानुङको पर्यटकीय सम्भावना भएको हुदाँ साहित्य र पर्यटनसँगै विकास गर्ने उद्देश्यले रहेको सामाजिक अभियन्ता देब बस्नेतले जनाकारी दिनुभयो । कार्यक्रममा व्यास क्षेत्र विकास कोषका कार्यवाहक अध्यक्ष प्रेमप्रकाश भट्टराईले आचार्यको पत्नीको योगदानको पनि उत्तिकै महिमा हुनुपर्ने भएकाले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा डा लक्ष्मीकान्त चापागाई, डा रघुनाथ न्यौपाने,राष्ट्रिय सहकारी बैंक दमौलीका प्रबन्धक उपेन्द्र दाहाल, गितल प्रतिष्ठान तथा नाटक मञ्चका अध्यक्ष आकाश अधिकारी, नेपाली लेखक संघका अध्यक्ष शंकराज नहर्की, निवर्तमान अध्यक्ष गौकुमारी न्यौपाने, प्रतिष्ठानका सदस्य रविन्द्र खनाल ,पत्रकार सुनिता आचार्य लगायतले भानुभक्तसँग उनको पत्नीको स्मरण गरिनुपर्ने धारणा राख्नुभएको थियो । उक्त प्रतिष्ठान २०७० सालमा चुडामणि खनालको नेतृत्वमा संस्थाको स्थापना भएको थियो ।
