आदिकवि भानुभक्त क्याम्पसले स्थाई नियुक्ति भएका बिद्यार्थीहरुलाई सम्मान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । क्याम्पसवाट कुनै पनि एक तह उतृण गरि पेशामा स्थाई नियुक्ति लिएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । पहिलो पटक क्याम्पसद्वारा शैक्षिक बर्ष ०७८र०८० मा पेशामा आवद्ध बिधार्थीहरुलाई सम्मान गरेको हो । क्याम्पसको विद्यार्थी गुनासो, परामर्श तथा पेशा प्रतिस्थापन समिति ९एससिपिसि० को आयोजनामा भाको उक्त कार्यक्रममा ४५ जना विद्यार्थी सम्मान भएका थिए । कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख एवं क्याम्पस पूर्व क्याम्पसका प्रमुख वैकुण्ठ न्यौपाने उद्घाटन गर्दै मेहेनत लगन र अनुशासनले सफलता मिल्ने हुँदा क्याम्पसले त्यस तर्फ बिद्यार्थीहरुलाई अभिप्रेरित गर्नु अनिवार्य भएको बताउनु भएको थियो । कार्यकममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, सदस्य मोहन गिरी, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सम्मानितहरुलाई दोसल्ला ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा क्याम्पसबाट व्यावस्थापन, मानविकि र शिक्षा शास्त्र तर्फ कक्षा १२, स्नातक र स्नातकोत्तर तहवाट उतृण विद्यार्थीहरुको सहभागी भएका थिए। सो समारोहमा यस वर्ष स्नातक तहमा शिक्षा शास्त्र संकाय तर्फ नेपाल प्रथम भएका विद्यार्थी सन्देश अधिकारीलाई पनि बधाई ज्ञापन गरिएको थियो। एससिपिसिका संयोजक सहायक प्राध्यापक विमल खत्रिको सभापतित्वमा आयोजित उक्त कामक्रममा उप(प्राध्यापक दिपा थापाले स्वागत मन्तव्य दिनुभएको थियो ।