व्यास नगरपालिकामा संचालित सुरक्षित आप्रवासी ९सामी० बुधबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले बिदेशबाट फर्किएका युवायुवतहिरुलाई पनि वित्तिय साक्षरत र व्यवसायिक तर्फ उत्प्रेरण जगाउने कार्यमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको बताउनुभयो । त्यस्तै व्यासका उद्योग पर्यटन,श्रम तथा रोजगार शाखाका प्रमुख राजेन्द्र कार्कीले विसं २०७६ सालदेखि व्यासमा सामी कार्यक्रम संचालन हुदै आएको यस अवधिमा धेरै व्यक्तिहरुलाई राहत मिलेको बताउनुभयो । सुरक्षित आप्रवासी (सामी) जिल्ला संयोजक लुना रानाले आर्थिक वर्ष २०७९र८० मा तनहुँबाट ७ हजार ९१ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा दिएकोे जनाकारी दिनुभयो । सामी परियोजनाअन्तर्गत वैदेशिक रोजगारी गरी फर्किएका स्वंयसेवक मार्फत तनहुँमा ९ हजार ७ सय १३ जनालाई व्यक्तिगत भेट गरेर वैदेशिक रोजगारी सम्बन्धी सूचना प्रवाह गरिएको सुरक्षित आप्रवासी कार्यक्रमकी परामर्शदाता गोमा तिवारीले बताउनुभयो । तिवारीले भन्नुभयो ‘‘ सामुदायिक अभिमुखीकरण मार्फत एक हजार छ सय ८० लाई सूचना प्रदान गरिएको छ भने ३ सय ५० जनालाई गहन सामुदायिक अभिमुखीकरण मार्फत सूचना दिएको छ । अहिले सम्म नेपालको ३८ जिल्लामा सामी कार्यक्रम संचालन भैरहेको र तनहुँको ऋषिङ्ग,घिरिङ्ग र आँबुखैरेनी गाउँपालिका बाहेक अन्य सात पालिकामा सामी कार्यक्रम संचालन हुदै आएको छ ।