तनहुँ म्याग्दे गाउँपालिका वडा नं ६ मौरीबजार र तुरतुरे बजारको अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ। बुधबार साँझ वर्षासँगै एक सय मिटर माथिबाट सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुइतर्फी अवरुद्व भएको थियो । बिहान ११ बजेदेखि दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो ।