तनहुँको आबुँखैरेनी गाउँपालिका–४, लोप्राङ्ग गाउँमा खानेपानीको अभाव भएको छ । पहिरोको कारण धाराको मुहान पुरिएपछि ३० घरधुरीका बासिन्दाहरुलाई पानीको अभाव भएको हो । तीन दिनदेखि गाउँबासीले बलेनीको पानीले तिर्खा मेटाउँदै आएको आबुँखैरेनी गाउँपालिका वडा नं ४ वडाध्यक्ष मिलन भुजेलले बताउनुभयो । छिम्केश्वरी मोटरबाटो निर्माणको क्रममा बासपानीमा रहेको खानेपानीको मुल पुरिएपछि सो गाउँमा खानेपानीको हाहाकार भएको अध्यक्ष भुजेलले बताउनुभयो। आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाबाट ईन्जिनियर खटाइ मुहान खोज्ने कार्य तयारी भइरहेको बताउनुभयो ।